२६ श्रावण २०८३, मंगलबार

कामना सेवा विकास बैंकको ब्याजदर एकल अंकमा



काठमाडौं । पछिल्लो समय वैंकहरुले निक्षेपमा दिने ब्याजदर घटाउदै गएका छन् । आज मात्र विकास वैंकहरुले साउन महिनाको लागि आफ्नो ब्याजदर प्रकाशन गरेका छन् ।

जसअनुसार मुद्धती खातामा दिने व्याज समेत घटेको छ । कामना सेवा विकास बैंकले प्रकाशन गरेको ब्याजदर अनुसार मुद्धती खातामा ९.९९ प्रतिशत प्रकाशन गरेको छ ।

वित्तीय वजारमा तरलताको समस्या हट्दै गए पश्चात बैंकहरुले क्रमिक रुपमा व्याज घटाउदै आएका थिए । नेपाल राष्ट्र वैंकको विवरण अनुसार वैंकहरुको कर्जा निक्षेप अनुपात ८१.६७ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकको नियम अनुसार कर्जा निक्षेप अनुपात ९० प्रतिशत सम्म हुन पाउने प्रावधान रहेकोमा वैंकहरुले कर्जा लगानी गर्न नसक्दा उक्त अनुपात घट्न गएको छ । वचतकर्ताहरुलाई वैंकले दिने ब्याजदरघटेसँगै वैंकहरुको आधारदर घट्न गई कर्जाको व्याजदर समेत घट्ने छ ।