२६ श्रावण २०८३, मंगलबार

आइएमई लाइफको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

सो सम्बन्धमा ग्लोबल आइएमई क्यापिटलको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा असार २८ गते आयोजना गरिएको एक कार्यक्रममा बीमा कम्पनी र क्यापीटलबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बीमा कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबि फुयाँल र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।