२६ श्रावण २०८३, मंगलबार

प्राइम कमर्सियल बैंकको १३ लाख ५० हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन?



काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको समुहमा रहेको १३ लाख ५० हजार १० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

संस्थापक सेयरको खरिद मूल्य प्रतिकित्ता १२० रुपैयाँ रहेको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

उक्त सेयर खरिदकोे लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरु सहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले आवश्यक कागजात संकलन गरि सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको प्रभु क्यापिटल कमलादी, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम खुलाएर लिलामीको बोलपत्र पेश गर्ने सक्नेछन् ।