हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँट, आवेदन दिएका सबैंले पाए सेयर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँट, आवेदन दिएका सबैंले पाए सेयर



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँट सम्पन्न भएकोछ । कम्पनीले १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर कम्पनीले निष्कासन गरेको थियो ।

कम्पनीले जेठ २२ गतेदेखि असार २५ गतेसम्म बिक्रीमा खुला गरेको हकप्रदमा रीतपूर्वक आवेदन दिने सेयरधनीहरुलाई १ करोड ४ लाख २२ हजार ७८९ कित्ता सेयर साउन ३ गते बाँडफाँट गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्