२६ श्रावण २०८३, मंगलबार

मितेरी डेभलपमेन्ट बैंकको सेयर बिक्रिमा



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी विराज ठक्करको नाममा रहेको ४ हजार २०२ कित्ता बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन के कति कित्ता लिने हो सो ब्याहोरा खुलाई सूचना प्रकाशन भएको दिनबाट ३५ दिनभित्र कम्पनीको बैंककने केन्द्रीय कार्यालय महेन्द्रपथ धरान वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादि काठमाडौंमा पेश गनुपर्नेछ ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ।