सिनर्जी पावरको हकप्रद सेयरमा कहिलेसम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउछन् ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिनर्जी पावरको हकप्रद सेयरमा कहिलेसम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउछन् ?



काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि साउन १२ गते बुक क्लोजको मिति तय गरेको हो ।

कम्पनीले साउन १२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ साउन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद निष्कासन गर्ने छ ।

कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्