‘लक्ष्मी भ्यालु फन्ड–२’ मा २६ हजार ८०१ जनाले दिए आवेदन
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले आजदेखि ‘लक्ष्मी भ्यालु फन्ड–२’ मा पहिलो दिन मै १२ करोड ४ लाख ७३ हजार ८०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन ९ गते साँझ ५ः०३ बजेसम्म २६ हजार ८०१ जना आवेदकले १ करोड २० लाख ४७ हजार ३८० इकाईका लागि आवेदन दिनएका हुन् ।
लक्ष्मी म्युचुअल फन्डले बिक्री ल्याएकोे ‘लक्ष्मी भ्यालु फन्ड–२’ १० वर्षे बन्दमुखी योजना हो । फन्डले प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको ८ करोड युनिट जारी गरेको हो । आठ करोड इकाईमध्ये बिज पूँजी वापत न्यूनतम एक करोड बीस लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखेको छ । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई निष्काशन गरेको हो ।
सो फण्डमा न्यूनतम १०० इकाइदेखि अधिकतम ८० लाख इकाइमा आवेदन दिन सकिनेछ । क्यापिटलका अनुसार १ हजार रुपैयाँदेखि ८ करोड रुपैयाँसम्म लगानी गर्न सकिनेछ ।
सो फण्डको इकाईमा छिटोमा साउन ९ गतेसम्म र ढिलोमा साउन १९ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।













