२५ श्रावण २०८३, सोमबार

लुम्बिनी विकास बैंकले कमायो ६१ करोड बढी नाफा, कस्ता छन् मुख्य सूचकहरु ?



काठमाडौं । लुम्बिनी विकास बैंकले ६१ करोड बढी खुद नाफा आर्जन गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकले ६१ करोड २४ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा भने ३.८८ प्रतिशतले घटेको हो । अघिल्लो आवको असार मसान्तसम्ममा बैंकले ६३ करोड ७१ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

तर, बैंकको खुद ब्याज आम्दानी भने २२.३१ प्रतिशतले वृद्धि भई १ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।समिक्षा अवधिमा बैंकको कुल संचालन आम्दानी पनि १९.५८ प्रतिशतले बढेर २ अर्ब ७ करोड ७५ लाख रुपैयाँ पुगेको छ । बैंकको संचालन नाफा ८६ करोड ९३ लाख रुपैयाँ र वितरणयोग्य नाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी ३ अर्ब ३८ करोड २ं८ लाख रुपैयाँ रहेको छ। बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ७७ करोड ९५ लाख रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप १४.६० प्रतिशतले बढेर ४९ अर्ब १३ करोड २० लाख ५९ हजार रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि ९.१८ प्रतिशतले वृद्धि भई ४१ अर्ब ५६ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खराब भने केही बढेको छ । समिक्षा अवधिमा बैंकको यस्तो कर्जा ३.०१ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ १७ पैसा रहेको छ ।