गणपूरक सङ्ख्या नपुगेपछि समितिको बैठक स्थगित
काठमाडौं । संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।
शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि बैठक बस्न नसकी स्थगित भएको हो ।
बैठकका लागि आवश्यक संख्या १४ जना भएपनि आज १३ सांसदमात्र उपस्थित भएपछि बैठक स्थगित भएको हो ।













