व्यवसायिक एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छ: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सदस्यहरूको बलियो संजाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् ।
महासंघको वस्तुुगत परिषदले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ढकालले कतिपय अवस्थामा एक्लो प्रयासमात्र पर्याप्त नहुने हुंदा व्यवसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने धारणा राख्यका थिए ।
वस्तुुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले राखेको कार्यक्रममा नवनिर्वाचित टिमलाई बधाई सहित कार्यकालको सफलताको शुुभकामना दिदै अध्यक्ष ढकालले व्यवसायिक गतिविधि बढाउन सदस्य वस्तुुगत संघहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे ।
हाम्रा सदस्य वस्तुुगत संघहरू महासंघका बलिया खम्वा हुन । आफै सक्षम पनि छन् । तपाईहरू आफना मुद्दाहरूलाई आफै पनि अगाडि बढाउन सक्नुुहुन्छ तर कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ, अध्यक्ष ढकालले भने, तपाईहरूका इस्यूका साथमा महासंघपनिसंगै गयो भने हाम्रो एकता अझबढी मजुवुद हुन्छ, हामीले हाम्रा समस्या समाधानमा सफलता पाउन सक्छौं । सदस्यहरूको समस्या समाधानमा महासंघले सदैव साथमा रहेर सहयोग गर्छ,अध्यक्ष ढकालले प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो कार्यक्रममा उनले नेपाल शैक्षिक परामर्श संघ, नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल कफी व्यवसायी महासंघ, नेपाल मैदा उद्योग संघ, नेपाल रत्न तथा आभुुषण संघ, नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ र नेपाल वनस्पती घ्यू तथा तेल उत्पादक संघका पदाधिकारीहरुलाई सम्मान सहित बधाई दिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालको प्रमुख समस्या भनेको सही तथ्यांकको अभाव रहेकाले यसका लागि महासंघले काम गर्ने बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले तथ्यांक उपलव्ध गराउने कार्यमा निजी क्षेत्रले पनि खुला भएर सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
सदस्यहरुसंग नियमित रुपमा बसेर उनीहरुका इस्यूहरुमाथि छलफल गर्न र समस्या समाधानमा पहल गर्न महासंघका पदाधिकारीहरु हरेक दिन ३ बजे पछि महासंघमा जम्मा भएर काम गरीरहेको बताउंदै कुनै समस्या भयो, कुनै इस्यूहरु छन् भने महासंघमा आएर छलफल गर्न पनि उनले आग्रह गरे । सदस्यका समस्या समाधानमा महासंघको वर्तमान टिम पूर्ण रुपमा प्रतिवद्ध रहेको पनि बताए ।
सभापतिको आशनबाट वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालले वस्तुुगत परिषद्ले नयां सोच र फरक ढंगले काम गर्न लागेको उनले जानकारी दिएका छन् । महासंघका सवै सदस्य संघहरुसंग नजिकमा रहेर उनीहरुको कुरा सुुन्ने, इस्यूहरुमा छलफल गर्ने र आएको निचोडहरुलाई कार्यान्वयनका लागि सरकारमा पैरवी गर्ने राणनीति अनुसार काम भैरहेको उनले बताए ।
परिषद्का सभापति ढकालले भन्नु भने, निर्यात, पर्यटन, कृषि, उर्जा लगायतका क्षेत्रलाई प्रवद्र्धन गर्न हाम्रो जोड रहने छ । कृषि उद्यम केन्द्रलाई डाटा बैंकको रुपमा विकास गर्ने काममा हामी आजैबाट लाग्छौं ।
उपाध्यक्ष ज्योत्सना श्रेष्ठले कार्यक्रममा आएका सुुझाव अनुसार सहयोग गर्न महासंघ तयार रहेको विश्वास दिलाए । उनले भनिन्, हरेक क्षेत्रमा समस्या छ, कच्चा पदार्थमा सहजता छैन, दिइएका छुट सुुविधा हटाइएको छ, सहज होला भन्यो समस्या जहांको तही छ । सवै उद्यमी व्यवसायीहरुले समस्या भोग्नुु परेको छ । यहांबाट जानकारीमा आएको इस्युहरुलाई सम्बन्धित निकायबाट संवोधन गराउन महासंघले सहयोग गर्छ । बजेट पनि हामीले सोचे अनुसार आएन । मौद्रिक नीति पनि त्यस्तै रहयो ।
सो अवसरमा नेपाल जग्गा विकास संघका अध्यक्ष विदुर धमलाले घर जग्गा व्यवसायमा आएको संकटलाई नयां मौद्रिक नीतिले संवोधन गर्न नसकेको बताए । नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराईले शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको मस्यौदा शैक्षिक ऐनको दफा ६५ को ५ र ६ खारेज गरिनुुपर्नेमा जोड दिनुु भयो । शैक्षिक सेवामा धरौटी राख्नुु पर्ने प्रावधानले यस पेशामा लागेका व्यवसायीलाई कस्ने काम गरेको बताए ।
नेपाल मैदा उद्योग संघका अध्यक्ष कुुमुद कुमार दुुगडले सवैभन्दा ठूलो समस्या सही तथ्यांकको अभाव रहेको बताए । नेपालमा उत्पादन हुने धान, गहुलगायतका उत्पादनका सही तथ्यांक नै सरकारबाट नपाएको गुुनासो गर्दै सही तथ्यांकको जोहो गर्ने संयन्त्र विकासमा महासंघले अग्रसरता लिनुुपर्ने सुुझाव राख्य ।













