११ मंसिर २०८३, शुक्रबार

उपकार लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा विमल खनाल नियुक्त



काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विमल खनाल नियुक्त भएका छन् । संस्थाको उच्च व्यवस्थापनको नेतृत्व अब खनालले सम्हाल्ने भएका हुन् ।

लघुवित्तको मङ्सिर १० गते बसेको सञ्चालक समितिको ११८औँ बैठकले खनाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी सोही संस्थामा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको भूमिकामा कार्यरत थिए ।

संस्थाले जारी गरेको विवरणअनुसार खनालको यो नयाँ नियुक्ति आगामी मङ्सिर १४ गतेदेखि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ । खनालको नियुक्तिसँगै संस्थाको आगामी व्यावसायिक योजना र वित्तीय व्यवस्थापनले थप गति लिने अपेक्षा गरिएको छ ।