२२ हजार ४७४ जनाले दिए नेसनल हाइड्रोपावरको हकप्रदमा आवेदन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

२२ हजार ४७४ जनाले दिए नेसनल हाइड्रोपावरको हकप्रदमा आवेदन



काठमाडौं । नेसनल हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरमा ३९ करोड ९२ लाख ५९ हजार ४०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन १५ गते साँझ ५ः०५ बजेसम्म २२ हजार ४७४ जना आवेदकले ३९ लाख ९२ हजार ५९४ कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १ः५ अनुपातमा ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर गरेको हो । जसमा ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद सेयरको लागि कम्पनीले असार १ गते बुक क्लोज गर्ने भएको हुदाँ जेठ ३२ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन सकिनेछ ।

हकप्रद सेयरमा लगानीकर्ताले साउन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजुङ्ग शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्