हिमालयन अर्थात साविकको सिभिल लघुवित्तको अधिकांश सूचकमा किन आयो गिरावट ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

हिमालयन अर्थात साविकको सिभिल लघुवित्तको अधिकांश सूचकमा किन आयो गिरावट ?



काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले डेढ करोड रुपैयाँ नाफा कमाएको छ । हिमालयन अर्थात साविकको सिभिल लघुवित्त वित्तीय संस्थाले मंगलबार सार्वजनिक गरेकोगत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले १ करोड ५३ लाख ७० हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । जुन अघिल्ला आवको असार मसान्तसम्मको तुलनामा ७८.५० प्रतिशतले गिरावट आएको हो । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले ७ करोड १४ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

वित्तीय विवरणअनुसार कम्पनीको खुद ब्याज आम्दानी घटेको छ । ब्याज आम्दानी घटेपछि इम्पेरमेन्ट चार्ज वृद्धि भएको छ, जसले गर्दा कम्पनीको नाफामा भारी गिरावट आएको हो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २४.५२ प्रतिशतले घटेर २० करोड २३ लाख ५२ हजार रुपैयाँ कायम भएको छ। समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी १६.३३ प्रतिशतले घटेर २७ करोड २५ लाख ७६ हजार रुपैयाँ, संचालन नाफा भने ७८.०४ प्रतिशतले घटेर २ करोड १९ लाख ९२ हजार रुपैयाँमा झरेको छ ।

कम्पनीको वितरणयोग्य नाफा ६० लाख ९८ हजार रुपैयाँ देखिएको छ । समिक्षा अवधिमा कम्पनीको खराब कर्जा बढेर २.३७ प्रतिशत पुगेको छ । कम्पनीको चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने १३ करोड ९६ लाख ८६ हजार रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(इपिएस) पनि २० रुपैयाँ १ पैसाले घटेर ४ रुपैयाँ ८१ पैसा कायम भएको छ । कम्पनकिो प्रतिसेयर नेटवर्थ पनि घटेर १३४ रुपैयाँ ८५ पैसामा झरेको छ ।


प्रतिक्रिया दिनुहोस्