सिनर्जी पावरको ५० प्रतिशत हकप्रद सेयर साउन २५ गतेदेखि निष्कासन हुने
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी साउन २५ गतेदेखि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।
कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसेको छ । सो आधारमा साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन भदौ १३ गतेसम्म दिन सकिनेछ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।













