डिम्याट खाता नविकरण गर्ने सिडिएसको अनुरोध, भदौं १५ सम्म नभए मेरो सेयर पनि रोक्का हुने
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले हितग्राही (डिम्याट) बापतको रकम बुझाउन अनुरोध गरेको छ । सिडिएसले एक सूचना प्रकाशित गर्दै लगानीकर्तालाई डिम्याट खाताको वार्षिक शुल्क बापतको रकम बुझाउन भनेको हो ।
डिम्याट खाता नवीकरण नगर्ने लगानीकर्ताको ‘मेरो सेयर’ पनि रोक्का गरीने जनाएको छ । डिम्याट खाताको नवीकरण नगरी मेरो सेयरमात्र नवीकरण गरी प्रयोग गर्ने गरेको भन्दै सिडिएसले डिम्याट पनि नविकरण गर्ने भनेको हो ।
डिम्याट नविकरण नगरेको खण्डमा भदौ १५ गतेदेखि मेरो सेयर पनि रोक्का राख्ने पनि सिडिएससीले जनाएको छ । डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्षको अन्तिममा बुझाउनु पर्ने ब्यवस्था रहेको छ ।













