२५ श्रावण २०८३, सोमबार

‘लक्ष्मी भ्यालु फन्ड–२’ मा कतिले दिए आवेदन ?



काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले आजदेखि ‘लक्ष्मी भ्यालु फन्ड–२’ मा १८ करोड ७० लाख ७८ हजार ५०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन १७ गते साँझ ५ः०५ बजेसम्म ३७ हजार ५१७ जना आवेदकले एक करोड ८७ लाख सात हजार ८५० इकाईका लागि आवेदन दिनएका हुन् ।

उक्त फण्डमा साउन १९ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।लक्ष्मी म्युचुअल फन्डले बिक्री ल्याएकोे ‘लक्ष्मी भ्यालु फन्ड–२’ १० वर्षे बन्दमुखी योजना हो । फन्डले प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको आठ करोड युनिट जारी गरेको हो । आठ करोड इकाईमध्ये बिज पूँजी वापत न्यूनतम एक करोड बीस लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखेको छ । बाँकी छ करोड ८० लाख इकाई सर्वसाधारणलाई निष्काशन गरेको हो ।

सो फण्डमा न्यूनतम १०० इकाइदेखि अधिकतम ८० लाख इकाइमा आवेदन दिन सकिनेछ । क्यापिटलका अनुसार एक हजार रुपैयाँदेखि आठ करोड रुपैयाँसम्म लगानी गर्न सकिनेछ ।

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।