२५ हजार ३७९ जनाले भरे नेसनल हाइड्रोपावरको हकप्रद, आवेदन भोलि अन्तिम दिन
काठमाडौं । नेसनल हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरमा ५१ करोड ३ लाख ९६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन १७ गते साँझ ५ः०५ बजेसम्म २५ हजार ३७९ जना आवेदकले ५१ लाख तीन हजार ९६० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद सेयरमा लगानीकर्ताले भोलि अर्थात साउन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले १ः५ अनुपातमा ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर गरेको हो । जसमा ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद सेयरको लागि कम्पनीले असार १ गते बुक क्लोज गर्ने भएको हुदाँ जेठ ३२ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन सकिनेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजुङ्ग शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।













