‘लक्ष्मी भ्यालु फन्ड–२’ मा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले निष्कासन गरेको ‘लक्ष्मी भ्यालु फन्ड–२’ मा आवेदन दिने आज (साउन १९ गते) अन्तिम दिन रहेको छ ।
लक्ष्मी म्युचुअल फन्डले बिक्री ल्याएकोे ‘लक्ष्मी भ्यालु फन्ड–२’ १० वर्षे बन्दमुखी योजना हो । फन्डले प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको आठ करोड युनिट जारी गरेको हो । आठ करोड इकाईमध्ये बिज पूँजी वापत न्यूनतम एक करोड बीस लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखेको छ । बाँकी छ करोड ८० लाख इकाई सर्वसाधारणलाई निष्काशन गरेको हो ।
सो फण्डमा न्यूनतम १०० इकाइदेखि अधिकतम ८० लाख इकाइमा आवेदन दिन सकिनेछ । क्यापिटलका अनुसार एक हजार रुपैयाँदेखि आठ करोड रुपैयाँसम्म लगानी गर्न सकिनेछ ।
लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।













