हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता सेयर आजदेखि लिलामीमा
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको सेयर लिलामीमा आएको छ। कम्पनीले आज अर्थात साउन २२ गतेदेखि १५ लाख ७७ हजार २११ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
उक्त सेयरमो न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
सेयरमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । यसअघि कम्पनीले जेठ २२ देखि असार २५ गतेसम्म १ करोड २० कित्ता ७५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री नभएको सेयर अहिले लिलामीमा ल्याएको हो ।














