आइएमई लाइफमा लगानीकर्ताको आकर्षण: दोस्रो दिन ७ लाख कित्ता बढी सेयर बिक्यो, कति पुग्यो मूल्य ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कारोबारमा आएको दोस्रो दिनमै कम्पनीको सर्वाधिक सेयर कारोबार भएको हो ।
सोमबार कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार रुपैयाँ बराबरको ७ लाख १ जहार ८०३ कित्ता सेयर खरिदबिक्री भएको छ ।
उक्त दिन कम्पनीको सेयर मूल्य भने ५.६५ प्रतिशत अर्थात प्रतिकित्ता ३२ रुपैयाँ ९० रुपैयाँले वृद्धि भएको छ । योसंगै आज कम्पनी सेयर मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ ३० पैसा पुगेको छ ।
कम्पनीको ४ करोड कित्ता सेयर गत बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो । कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आएको हो । कारोबारको पहिलो दिनको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ५२९ रुपैयाँ ५० पैसामा कारोबार खुला भएको थियो ।













