नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले शतप्रतिशत हकप्रद निष्कासन गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले शतप्रतिशत हकप्रद निष्कासन गर्ने



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ ७ गतेदेखि शतप्रतिशत हकप्रद सेयर विक्री गर्ने भएको हो ।

साउन ५ गते सम्पन्न प्रथम विशेष साधारण सभाले हकप्रद निष्कासन प्रस्ताव पारित गरेको हो । उक्त हकपदमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद सेयर प्रयोजनका लागि साउन ३० गते एक दिन बुक क्लोज गरेको हुदाँ साउन २९ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्