२४ श्रावण २०८३, आइतबार

एमालेका सांसदहरूको नाराबाजीपछि प्रतिनिधि सभा बैठक फेरि स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको आजको बैठकमा अवरोध गरेको छ।

बुधवारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको हो । बैठकको शुरुमै उठेर बिरोध जनाएका एमाले सांसदहरुको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मंगलवारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरुको बिरोध जारी रहने बताउनु भयो । 

सभामुख देवराज घिमिरेले आसन ग्रहण गरेर नियमित कार्यसूचीअनुसार बैठक सञ्चालन गर्न सहयोग गरिदिन आग्रह गरेका छन्।एमाले सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका छन्।

सभामुखले पटक पटक बैठक सञ्चालन गर्न सघाउन आग्रह गरेपनि एमालले नाराबाजी रोकेन । प्रतिनिधि सभाको आगामी बैठक साउन २६ गते शुक्रवार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।