२४ श्रावण २०८३, आइतबार

नेविसंघ भित्र भाडभैलोः दुई पक्षबीच नाराबाजी, प्रहरीद्धारा अवरोध



काठमाडौं । समानान्तर कमिटी घोषणाको तयारीमा रहेका नेविसंघका संस्थापनसँग असन्तुष्ट विद्यार्थीहरुलाई प्रहरीले अवरुद्ध गरेको छ । असन्तुष्ट विद्यार्थीले समानान्तर कमिटी बनाउने गरी कार्यक्रम तय गरेपछि सानेपाको प्रवेशद्वारमा प्रहरी परिचालन गरिएको हो ।

सानेपा परिसरमा नेविसंघका दुई पक्षबीच नाराबाजी भएको छ । एक तर्फ ‘दुजाङ दाइ जिन्दावाद’ भन्दै छन् भने अर्का तिर दुजाङ मुर्दाबाद को नारा चलि रहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले विधानविपरीत केन्द्रीय सदस्य थपेको भन्दै असन्तुष्ट विद्यार्थीले समानान्तर कार्यसमिति घोषणाको तयारी गरेका हुन् ।

नेविसंघको विधानले १५१ सदस्यमात्रै वैधानिक हुने भने पनि सभापतिले ७१० जनालाई अवैधानिकरूपमा मनोनयन गरेपछि आन्दोलित भएका हुन् । बताए ।