सनराइज क्यापिटलद्धारा लाभांश घोषणा
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको साउन २५ गते बसेको संचालक समितिको बैठकले ३० प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ । प्रस्तावित लाभांश सहितको वासलात, नाफा नोक्सान हिसाब सहितको वार्षिक प्रतिवेदन पारित भई निकट भविष्यमा हुने १३ औं वार्षिक साधारणसभाबाट अनुमोदन भए पश्चात आफ्नो सेयरधनीहरुलाई लाभांश वितरण गर्ने जनाएको छ ।














