सागर डिष्टिलरीको हकप्रदमा आवेदन दिने म्याद थप
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको हकप्रदमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले असार २० गतेदेखि विक्रीमा ल्याएको ५० प्रतिशत हकप्रदमा भदौं १ गतेसम्म आवेदन दिन सकिनेछ ।
साउन ५ गतेसम्मका लागि हकप्रद शेयर निष्कासन गरेकोमा साउन २४ गतेसम्म अवधि थप गर्दा समेत माग बमोजिम आवेदन नपरेपछि पुनः थप गरेको हो । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका ११ लाख २५ हजार कित्ता हकप्रद सेयर विक्रीमा ल्याएको हो ।












