एनआईसी एशिया बैंकप्रति अर्थमन्त्री महत किन बने आक्रोशित ?
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बैंकरहरुसंग छलफल गरेका छन् । आइतबार साँझ मन्त्रालयमा बसेको छलफलमा अर्थमन्त्री महतले अर्थतन्त्र कसरी चलायमान बनाउन सकिन्छ भनेर बैंकहरुसंग सुझाव मागेका थिए ।
छलफलमा अर्थतन्त्रको वर्तमान अवस्था, चुनौति र समाधानका विषयमा केन्द्रित थियो । अर्थमन्त्रालयमा छलफलका बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुको कारणबारे जानकारी लिएका थिए । अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ र त्यसका लागि नेपाल राष्ट्र बैंक र सरकारले के सहयोग गर्नुपर्ने हो भनी सीइओहरुलाई जिज्ञासा समेत राखेका थिए ।
बैठकमा चालु पुँजी कर्जा सम्वन्धीको विभिन्न व्यवस्थाहरुको विषयमा बैंकहरुले सुझाव दिएका थिए । चालु पुँजी कर्जामा आवश्यक परिमार्जन, जग्गा कित्ताकाट लगायतका विषयमा आवश्यक सुझाव छलफल भएको एक बैंकरले बताए ।
अर्थमन्त्रालयमा छलफलका बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुको कारणबारे जानकारी लिएका थिए । अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ र त्यसका लागि नेपाल राष्ट्र बैंक र सरकारले के सहयोग गर्नुपर्ने हो भनी सीइओहरुलाई जिज्ञासा समेत राखेका थिए ।
यस्तै, सरकारले स्थानीय तहलाई दिएको पैसालाई पनि निक्षेपका रुपमा गणना गर्न सुझाव दिएका थिए । करिव १ घण्टासम्म चलेको बैठकमा नेपाल राष्ट्र बैंकका नियमन विभाग प्रमुख डा. गुणाकर भट्ट र वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरु को सहभागित रहेको थियो । त्यसमा आधा दर्जन बैंकका सीइओ र अन्य बैंकका डिसीइओको सहभागिता रहेको थियो । बैठकमा मुख्यत पछिल्लो समयमा बढेको खराब कर्जा केन्द्रित रहेको थियो ।
बैठकमा अर्थमन्त्री महतले एनआईसी एशिया बैंकप्रति आक्रोशित बनेका थिए । अर्थमन्त्री महतले एनआईसी एशिया बैंक विरुद्ध धेरै गुनासाे आएकाे भन्दै आक्रोश व्यक्त गरेका हुन् । ‘बैठकमा बैंकको सीइओ रोशन कुमार न्यौपानेलाई अर्थमन्त्री महतले सम्पत्ति कब्जा गर्ने गरि धमाधम सूचना किन जारी गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो’–अर्थमन्त्री महतको भनाई उद्धत गर्दै बैठकमा सहभागि एक बैंकरले भने ।
अर्थमन्त्री भनाईलाई उद्धत गर्दै ति बैंकरले उनले थपे, –‘एनआईसी एशियाले धेरै लिलामीको सूचना निकाल्नु भएको छ, म्यानेज गर्ने सक्नेसम्म समय दिनुहोस्, तपाईहरुको विरुद्ध धेरै गुनासाे आएको छ । तपाईले सम्पत्ति कब्जा गर्ने नियत देखियो ।’ लिलामी लगायतको विषयमा एनआईसी एशिया बैंक अलि नरम बन्न मन्त्रीले आग्रह गरेको ति बैंकरले जानकारी दिए ।













