हिमाल दोलखा हाइड्रोपावरको सेयरमा आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमाल दोलखा हाइड्रोपावरको सेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको सेयरमा आवेदन दिने आज अर्थात साउन २९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन २२ गतेदेखि १५ लाख ७७ हजार २११ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

.कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । यसअघि कम्पनीले जेठ २२ देखि असार २५ गतेसम्म १ करोड २० कित्ता ७५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री नभएको सेयर अहिले लिलामीमा ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस्