२४ श्रावण २०८३, आइतबार

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर बिक्रीमा, यसरि दिनुहोस् आवेदन



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको सेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

कम्पनीका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालन समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । सेयर खरिद गर्ने चाहने जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन २९ गते) ले ७ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आवेदन दिन सक्नेछन् ।