२४ श्रावण २०८३, आइतबार

समता घरेलु लघुवित्तको मुनाफा २७.९९ प्रतिशतले घट्यो, अधिकांश सूचक ओराला (विवरणसहित)



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार मुनाफा ओरालो लागेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको मुनाफा २७.९९ प्रतिशतले घटेर ५ करोड ७४ लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ७ करोड ९७ लाख २६ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी समेत १४.५६ प्रतिशतले घटेर १९ करोड २० लाख ३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको २२ करोड ४७ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा १ करोड ८८ लाख १३ हजार रुपैयाँ ऋणत्मक रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ४ करोड १६ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १५ प्रतिशतले बढेर ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँ, जगेडा कोष ३३.८० प्रतिशतले बढेर १२ करोड ३६ लाख २६ हजार रुपैयाँ, सापटी १९.४६ प्रतिशतले घटेर १ अर्ब ४० करोड ६७ लाख ३१ हजार रुपैयाँ, खराब कर्जा ४.५१ प्रतिशत रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७० पैसाले घटेर १४ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ३६ पैसा रहेको छ ।