९ श्रावण २०८३, शनिबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मुनाफा ३६ करोड ३५ लाख, खुद बीमा शुल्क आर्जनमा छलाङ, अन्य सूचक कस्ता ?



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ३६ करोड ३५ लाख १७ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त नाफा ०.८४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ३६ करोड ४ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्मको अवधिमा कम्पनीको बीमा कोष १४४.९४ प्रतिशतले बढेर २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष १ अर्ब २ करोड रहेको थियो ।

यसअवधिममा कम्पनीको खुद बीमा शुल्क आर्जनमा समेत छलाङ देखिएको छ । कम्पनीको ५९.६७ प्रतिशतले बढेर १ अर्ब १४ करोड ६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त शुल्क ७१ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल बीमा शुल्क आर्जन भने २ अर्ब ७८ करोड ४३ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३१.९९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन २ अर्ब १० करोड ९४ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ, जगेडा कोष १२५.३१ प्रतिशतले बढेर ८९ करोड ५६ लाख रुपैयाँ, महाविपत्ती कोष १२७.११ प्रतिशतले बढेर १३ करोड ८० लाख रुपैयाँ र पूनर्बीमा कमिशन आय ४५ करोड ३७ लाख ९७ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ ४१ रुपैयाँ ३१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्