सरकारले कर बढाउने भन्दा दायरा फराकिलो बनाउन आवश्यकः चेम्बर अध्यक्ष मल्ल - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सरकारले कर बढाउने भन्दा दायरा फराकिलो बनाउन आवश्यकः चेम्बर अध्यक्ष मल्ल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले कर बढाउने भन्दा पनि करको दायरा फराकिलो बनाउन आवश्यक बताएका छन्। मंगलवार आन्तरिक राजश्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै यस्तो बताएका हुन् ।

मल्लले अझैपनि ४० प्रतिशत कारोबार अवैध माध्यमबाट भइरहेको उनको भनाइ रहेको थियो । सरकारले नागरिकतासँगै स्थाई लेखा नम्बर पनि वितरण गर्न माग गर्दै चोरी तस्करी नियन्त्रण गर्नसके राजस्व संकलन वृद्धि हुने बताए । उनले भने, ‘राजश्व वृद्धि गर्नको लागि खुद्रा व्यापारीहरुलाई ५० लाखको थ्रेस होल्ड बढाएर १ करोड बनाउनु पर्छ सरकारले कर प्रणालीलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने छ’ ।

सरकारले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौति समाधान गर्नसके राजश्व परिचालन सुधार हुने विश्वास रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्