७ श्रावण २०८३, बिहिबार

सरकारको नीतिहरु व्यवसायीमैत्री नहुँदा निजी क्षेत्रको मनोबल माथि उठ्न सकेनः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले बनाउने नीतिहरु व्यवसायीमैत्री नहुँदा निजी क्षेत्रको मनोबल माथि उठ्न र लगानी बढाउन नसकिएको बताएका छन् ।

मंगलवार आन्तरिक राजश्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र गम्भिर समस्यामा रहेको भन्दै सरकारले अर्थतन्त्र चलायमान बनाउन काम गर्नुपर्ने बताए ।

‘मुलुकको अर्थतन्त्र झनै गम्भिर मोडमा पुगेको छ । गत आर्थिक वर्षको अवस्था कस्तो छ भन्नेकुरा सबैलाई स्पष्ट छ । चालु आर्थिक वर्षको शुरुवातको अवस्थाको आभास व्यवसायीहरुले पाएका छन्’ उनले भने, ‘विगतमा दशैं तिहारमा व्यापार बढाउन एलसी खोल्ने, स्टक बढाउने काम व्यवसायीले गर्ने गरेको भएपनि यो वर्ष अर्थतन्त्र चलायमान हुन्छ र बजारमा माग बढ्छ भन्ने कसैलाई पनि अपेक्षा छैन ।’

उनले बजारमा आर्थिक गतिविधी नबढ्दासम्म राजश्व संकलन बढ्न नसक्ने उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्