नीजि क्षेत्रलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गराई पूर्वाधारमा लगानी आवश्यकः चेम्बर अध्यक्ष मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम मुलुकको पूर्वाधार विकास लगानी गर्न आवश्यक रहेको बताएका छन् ।
सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारहरूलाई पनि आबद्ध कार्यक्रममा बौल्दै उनले रकम बैंकमा राखेर ब्याज लिने मात्रै नभएर बताएका हुन् ।
“सामाजिक सुरक्षा कोष,कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई एकै बास्केट राखेर सबैभन्दा ठूलो कोष बनाउन आवश्यक रहेको उाले बताए । सामाजिक सुरक्षा कोषमा सबै निजी क्षेत्र समावेश हुनुपर्छ” उनले भने, “कोषमा सबै निजी क्षेत्र समावेश गराउन विषयमा नेपाल चेम्बर अफ कमर्स तयार छ । अनौपचारिक क्षेत्र र स्वरोजगार श्रमिकलाई समेट्ने भएपछि अब उद्योगी व्यवसायीहरुले पनि समावेश हुने मौका पाउनुपर्छ” ।
अनौपचारिक क्षेत्र र स्वरोजगार श्रमिकलाई समेट्ने भएपछि अब उद्योगी व्यवसायीहरुले पनि समावेश हुने मौका पाउनु पर्ने उनको तर्क थियो । “उद्योगी व्यवसायीले कमाएको केही अंश व्यवसायबाट बाहिरदा सामाजिक सुरक्षा प्राप्त गर्न पाउनुपर्छ । स्वदेश तथा विदेशमा भएका श्रमिकहरु कोषमा आवद्ध हुन आवश्यक छ । कोषका योजनाहरुको प्रचारप्रसार कम भएको छ” उनले भने ।
सामाजिक सुरक्षा कोष,कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई एकै बास्केट राखेर सबै भन्दा ठूलो कोष बन्यो भने राम्रो हुने उनले बताए ।
















