पूर्वाधार विकास र गौरवका आयोजनामा पनि समाजिक सुरक्षा कोषले लगानी गर्नुपर्छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पूर्वाधार विकास र गौरवका आयोजनामा पनि समाजिक सुरक्षा कोषले लगानी गर्नुपर्छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सामाजिक सुरक्षा कोषले पूर्वाधार विकास निर्माण र गौरवका आयोजनाहरुमा लगानी गरेर कोषको उद्देश्य अनुसार श्रमिकलाई सुरक्षा दिनुपर्ने बताएका छन् ।

सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारहरूलाई पनि आबद्ध कार्यक्रममा बौल्दै उनले यस्तो बताएका हुन् ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिकको सुरक्षा र क्षमता विकासमा टेवा पुग्ने उनले बताए । उहाँले कोषमा अनौपचारिक क्षेत्रका श्रमिकहरु थपिदा चुनौतिहरु थपिँदै जाने भन्दै चुनौति समाधानको लागि कोषले आवश्यक पूर्वाधार तयार पार्नु पर्ने बताए ।

‘अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गराउँदा श्रमिकको सुरक्षा र क्षमता विकासमा टेवा पुग्नेछ । कोषमा अनैपचारिक क्षेत्रका श्रमिकहरु पनि थपिदा चुनौतिहरु थपिँदै जान्छ उनले भने, ‘चुनौति समाधानको लागि कोषले आवश्यक पूर्वाधार तयार पार्नुपर्ने छ । कोषमा वृद्धि हुँदै गएको रकमलाई सही रुपमा सदुपयोग गर्दै जानुपर्ने देखिन्छ ।’


प्रतिक्रिया दिनुहोस्