कोषमा आवद्ध नहुने र योगदानको रकम कट्टा गरी कार्यालयमा राख्नेलाई कारबाही हुनुपर्छः अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषमा आवद्ध नगर्ने र सूचिकृत गरी योगदानको रकम कट्टा गरी आफ्नै कार्यालयमा राख्ने जस्ताका लागि दण्डनिय बनाउन माग राखेका छन् ।
सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारहरूलाई पनि आबद्ध कार्यक्रममा बोल्दैं योगदान रकम नदिने कुनै कम्पनी र फर्मको दर्ता नविकरण र कर चुक्ता जस्ता विषयमा कडाई गर्नेतर्फ निर्मम बन्न आवश्यक रहेको बताए ।
‘श्रमिकको मासिक तलबको ११ प्रतिशत र राज्यबाट मासिक ९.३ प्रतिशत योगदान गर्ने रकम राज्यको कुन अंगबाट कसरी योगदान गर्ने स्पष्ट गरिन पर्छ’ उनले भने, ‘श्रमिकहरु ११ प्रतिशत योगदान गर्न तयार छ ।’
प्रधानमन्त्रीले योगदान कर्ता श्रमिक र रोजगारदातालाई सुरक्षा कोषमा आवद्ध हुन आग्रह गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकारी कार्यालयमा अनौपचारिक रुपमा काम गर्ने श्रमिकलाई कहिले समावेश गराउनुहुन्छ ? प्रश्न गरे













