नेशनल हाइड्रोपावरको हकप्रद बाँडफाँट, १३ लाख ३६ हजार कित्ता अवितरित सेयर लिलामीमा आउने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेशनल हाइड्रोपावरको हकप्रद बाँडफाँट, १३ लाख ३६ हजार कित्ता अवितरित सेयर लिलामीमा आउने



काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर विक्री गरेको थियो । कम्पनीले जेठ ३२ गतेसम्म कायम सेयरधनीहरूका लागि १० बराबर ५ को अनुपातमा ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका २७ हजार ९९१ जना आवेदकहरूलाई ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद सेयर बाँडफाँट गरेको छ ।

बाँडफाँटमा नपरेको हकप्रद शेयर बापतको रकम भदौ १ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै रकमान्तर गरिने कम्पनीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्