अब श्रमिकको पारिश्रमिक न्युनतम १० हजार ८२० रुपैयाँ, महँगी भत्ता ६ हजार ४८० रुपैयाँ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अब श्रमिकको पारिश्रमिक न्युनतम १० हजार ८२० रुपैयाँ, महँगी भत्ता ६ हजार ४८० रुपैयाँ



काठमाडौं । श्रमिकको न्यूनतम पारिश्रमिक मासिक २ हजार ३०० रुपैयाँ बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार २०८० साउन १ बाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो ।

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० रुपैयाँ (चिया बगानका बाहेक) पुर्‍याएको हो । यसमा आधारभुत पारिश्रमिक १० हजार ८२० रुपैयाँ र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ तोकेको हो ।

यसअघि आधारभूत पारिश्रमिक ९ हजार ३८५ र महँगी भत्ता ५ हजार ६१५ रुपैयाँ थियो । अब श्रमिक दैनिक पारिश्रमिक ६६८ रुपैयाँ पाउनेछन् । यसअघि यस्तो पारिश्रमिक ५७७ रुपैयाँ थियो ।


प्रतिक्रिया दिनुहोस्