नेपाल मै पहिलो पटक सिद्धार्थ प्रिमियरले सुरु गर्‍यो डिजिटल बीमा, अब अनलाइनबाटै बीमालेख खरिद सकिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल मै पहिलो पटक सिद्धार्थ प्रिमियरले सुरु गर्‍यो डिजिटल बीमा, अब अनलाइनबाटै बीमालेख खरिद सकिने



सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फछयौट गर्न SPIL- DIGI प्रणाली प्रचलनमा ल्याएको छ ।

सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको SPIL- DIGI को प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् । यसका साथै निश्चित रकम सम्मको बीमा दाबी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठद्वारा संयुक्त रुपमा एक समारोहका बिच SPIL- DIGI प्रणालीको शुभारम्भ गरेका हुन् । शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सराहना गर्दै यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न शुभकामना दिए । कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतिय माध्यमबाट प्रभावकारी बीमा सेवा प्रदान गर्न क्रियासिल रहेको बताए ।

प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले कमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने हाम्रो लक्ष्य अनुरुप यो पहिलो प्रयास भएको बताए । उनले भने, ‘बीमा सेवालाई प्रविधियुक्त बनाउने हाम्रो लक्ष्य अनुरुप यो पहिलो प्रयास भएको छ । अब हामीले यसलाई अझ प्रभावकारी बनाउने तर्फ थप क्यासिन रहने छौं ।’

SPIL- DIGI डिजिटल प्रणाली भएको हुदा अनलाईन भुक्तानी मार्फत कम्पनीमा बिमा शुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति विना विमालेख खरिद गर्न सकिनेछ । बीमितले निश्चित रकम सम्मको बीमा दाबी फछयौट गरी भुक्तानी लिन र बीमा दावीको अवस्थाको बारेमा जानकारी समेत लिन सक्नेछन् । यसबाट समय र लागत घट्न जाने र भत्कट रहित तरिकाबाट बीमा सेवा लिन एवम् प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्