धितोपत्र बोर्डका अध्यक्ष हमालद्धारा शेयरप्रो सेक्यूरिटीजको औपचारिक उद्घाटन
काठमाडौं । शेयरप्रो सेक्यूरिटीज प्रा. लि. ( शेयर दलाल नं.६५ ) को नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल औपचारिक समुद्घाटन गरेका छन् ।
कम्पनीले आफ्नो उद्घाटन कार्यक्रम सम्पन्न गर्दै साता व्यापी कार्यक्रम “शुभारम्भ सप्ताह” समेत सार्वजनिक गरेको छ । उक्त कार्यक्रम भदौ ८ देखि १५ सम्म (शनिबार तथा सार्वजनिक विदाको दिन समेत) बिहान १०ः०० बजे देखि साँझ ५ः०० बजे सम्म कम्पनीको कार्यालय ढल्कुमा हुनेछ ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष हमालले कम्पनीलाई बधाई दिदैं उच्चतम् प्रतिस्पर्धा र प्रविधिको प्रयोगबाट नै शेयर बजारमा सकारात्मक परिवर्तन हुदैं जाने विश्वास व्यक्त गरे ।
कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जो कोही व्यक्तिले उक्त कार्यक्रममा सहभागी भएर अनलाइन कारोबार तथा निक्षेप सेवाका सम्बन्धमा आवश्यक जानकारी लिई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।
शेयरप्रो सेक्यूरिटीज प्रा. लि.( शेयर दलाल नं.६५ ) नेपालको उदियमान शेयर दलाली सेवा प्रदान गर्ने कम्पनी हो । कम्पनीले २०८० जेठ ९ गतेमा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी शेयर दलाली तथा निक्षेप सदस्यको सेवा प्रदान गर्र्र्दै आइरहेको छ ।
















