आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद निष्कासन गर्ने, विद्युत नियमन आयोगले दियो अनुमति
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । आयोगले कम्पनीले भदौ ७ गते हकप्रद सेयर निष्कासन अनुमति दिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः.१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ । अब यी हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछन् । धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद शेयर जारी गर्नेछन् ।

















