अरुण काबेली पावरको शतप्रतिशत हकप्रद सेयर निष्कासन, कहिलेसम्म दिने आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अरुण काबेली पावरको शतप्रतिशत हकप्रद सेयर निष्कासन, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । अरुण काबेली पावरको हकप्रद सेयर आजदेखि निष्कासन भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १:१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद जारी गरेको छ ।

कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद निष्कासन तथा बिक्री खुला भएको हो । कम्पनीले असार २५ गते बुक क्लोज गरेको हुदाँ असार २४ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले भदौ २८ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथलीबाट आवेदन दिन सकिनेछ ।

साथै, हिमालयन र नबिल बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्