थप चार कम्पनीले हकप्रद निष्कासन गर्ने, बोर्डमा दिए आवेदन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

थप चार कम्पनीले हकप्रद निष्कासन गर्ने, बोर्डमा दिए आवेदन



काठमाडौं । थप चार कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चार कम्पनीले हकप्रद सेयर निष्कासन अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।

लिबेट्री इनर्जी कम्पनीले १ः०.५ अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ७५ लाख कित्ता बराबरको७५ करोडको हकप्रद निष्कासन गर्ने भएको हो । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

न्यादी ग्रुप पावरले शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले बोर्डमा १करोड ८५ लाख १२ हजार ७९२ कित्ता बराबरको १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२३ रुपैयाँको हकप्रद निष्कासन गर्ने भएको हो । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

त्यस्तै, आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले अकित मूल्य १०० रुपैयाँमा १ करोड २० लाख कित्ता बराबरको १ अर्ब २० करोडको हकप्रद निष्कासन गर्ने भएको हो । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ्क रहेको छ ।

साथै, बरुण हाइड्रोपावरले शत प्रतिशत हकप्रद निष्कासन गर्ने भएको हो । कम्पनीले बोर्डमा ५३ लाख ५८ हजार १५० कित्ता बराबरको ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको हकप्रद निष्कासन गर्ने भएको हो । कम्पनीको बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट रहेको छ ।


प्रतिक्रिया दिनुहोस्