बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बोलायो साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बोलायो साधारण सभा



काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको दसौँ र एघारौँ वार्षिक साधारणसभा असोज १८ गते काठमाडौको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले १ः१को अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले कर्जा सीमा वृद्धिको स्वीकृति गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्