थप एक कम्पनीको झण्डै ३८ लाख कित्ता आइपीओ आउदैं
काठमाडौं । सान्भी इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले अंकित मुल्य १०० रुपैयाँमा ३७ लाख ९० हजार कित्ता बराबरको ३७ करोड ९० लाख रुपैयाँको आइपीओ निष्कासन अनुतिका लागि बोर्डमा आवेदन दिएको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।
















