हरितालिका तीजको दिन बढ्यो सुनको मूल्य, प्रतितोला कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हरितालिका तीजको दिन बढ्यो सुनको मूल्य, प्रतितोला कति ?



काठमाडौं । आज सुनको मूल्य बढेको छ । हरितालिका तीजको दिन सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।

यस्तै, सोमबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ। आइतबार प्रतितोला एक हजार ४०० रुपैयाँमा रहेको चाँदी सोमबार प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्