तपाईलाई हाथवे इन्भेष्टमेन्टको आइपीओ पर्यो कि ? यी तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गरेको छ ।
आइपीओमा कुल १२ लाख ७० हजार ९ सय ९१ जनाको आवेदन परेको थियो । जस मध्ये १२ लाख ६७ हजार हजार ७ सय ९ जनाको आवेदन मात्र योग्य रहेका थिए ।
माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा १ लाख २१ हजार ३८७ जनाले २०।२० कित्ता दरले आइपीओ प्राप्त गरेका छन् । सोहि मध्यका १० जनाले भने २१ कित्ता सेयर हात पारेका हुन् ।
कम्पनीको आइपीओ यी तरिकाबाट हेर्न सकिनेछ ।
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.globalimecapital.com/
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login
















