छुट्नु होला है ? मिड सोलु हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अर्थात असोज २ गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको हो । सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीहरु ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । यस्तै, कम्पनीका कर्मचारीहरुलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागिएको हो ।
लगानीर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता आवेदन दिन सकिने छ । कम्पनीको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले रहेको छ । आइपीओमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ ।
















