११ श्रावण २०८३, सोमबार

साधना लघुवित्तको एक लाख ११ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको एक लाख ११ हजार ९९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज २ गते) ले ७ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय गोरखा ६ हरमटारीमा आवेदन दिन सकिनेछ ।