इक्रा नेपालले ५९.१० प्रतिशत लाभांश दिने
काठमाडौं । इक्रा नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९÷८०का लागि सञ्चालक समिति प्रस्तावित हाल कायम चुक्तापुँजीको ५९.१० प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने भएको हो ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले ११ औँ वार्षिक साधारणसभा असोज २५ गते गर्ने भएको छ । सभा काठमाण्डौको ठमेल एलोफ्ट काठमाण्डौमा दिनको १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
त्यस्तै सभाले सञ्चालक समितिबाट प्रस्तुत गरिने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आव २०८०÷८१ को लागि लेखापपरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।













