२२ श्रावण २०८३, शुक्रबार

एनएमबी फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल–१ ले बुक क्लोजको मिति तय



काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित दुई योजनाले लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेका छन् । एनएमबी फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल–१ ले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १२ गते एक दिन बुक क्लोज गर्ने भएका हुन् ।

अब असोज ११ गतेसम्म कायम इकाईधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् । एनएमबी फिफ्टीले कर समेत १५ प्रतिशत र एनएमबि हाईब्रिड फण्ड एल–१ ले पनि कर समेत १५ प्रतिशतनै पलाभांश प्रस्ताव गरेका छन् ।